काठमाडौँ। आज एकै दिन सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ। यस अनुसार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
यस अघि हिजो सुनको भाउ तोलाको एक हजार २ सय रूपैयाँले बढेर १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि तोलाको १० रुपैयाँले बढेको छ। यस अनुसार आज चाँदीको भाउ प्रतितोला १ हजार ८ सय ९० रूपैयाँले कारोबार भैरहेको महासंघले जनाएको छ।
यसअघि चाँदीको भाउ तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।