हेटौंडा। नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रममा बोल्दै मेरो अवस्थाबारे चित्रण गरेर आइसियुमा भएको फोटो देखाएर जुन अपेक्षा गरिरहेका छन् मेरा आफ्ना साथीहरूले त्यो सपना कदापि पुरा हुन नसकिने बताएका छन्।
प्रधानमन्त्री ओली भन्छन्; मैले खोक्न पाएको छैन,मलाई सिधै आइसियुमा भएको देखाउँछन्, रुघाखोकी लागेको अवस्थामा खोकिएको भएतापनि मलाई आइसियु भेन्टिलेटरमा सुताएर अक्सिजन दिएर राखेको फोटो बाहिर देखाउँछन्।
आफ्नो बारेमा विभिन्न किसिमका फोटो बाहिर आएपछि ओलीले आफ्नो स्थितिबारे यसरी उल्लेख गरेका छन्, “खासमा मलाई रुघाखोकी लागेको हो। अरु कुनै केही भएको छैन। रुघाखोकीको समस्याले गर्दा केही एन्टिबायोटिक खाँदा त्यसले शरीरमा थोरै भएपनि कमजोरी महसुस गराएको हो।” प्रधानमन्त्री ओलीले भने।
नेपाल अहिले विकासको क्रममा अगाडि बढिरहेको छ । राम्रो प्रणाली नभएसम्म विकास हुन नसकिने प्रधानमन्त्री ओलीले बताएका छन्।प्रधानमन्त्री ओलीले नेपाल अहिलेसम्म विकास हुन नसक्नु कारण राजनीतिक खिचातानी र राजाले आफ्नो शासन टिकाई राख्न ध्यान दिइरहँदा अहिलेसम्म त्यो विकासले राम्रो गति लिन नसकेको बताएका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो विचारहरू राख्ने क्रममा भने अहिले देशको आर्थिक स्थिति कमजोर रहेको छ। मेरो स्वास्थ्य स्थिति कमजोर हुँदा मैले एन्टिबायोटिक खाएर मैले मेरो स्वास्थ्य स्थिति बचाएको जस्तै अहिले हामीले देशको कमजोर आर्थिक स्थितिलाई ट्याब्लेट खुवाएर बचाइरहेका छौं। अब यो ट्याब्लेटको समय अवधि सकेपछि अवश्य देशको आर्थिक स्थिति तन्दुरुस्त मजबुत हुने उल्लेख गरेका छन्।
“नेपालको समग्र विकासको लागि सबै मिलेर अग्रसर हुनुपर्छ, जातीय भेदभाव युक्त समाज हटाउनुपर्छ, बलियो समाज हुनका लागि एकताको सूत्रमा हामी बाँधेर हिड्नु सक्नुपर्छ। तब हुन्छ देशको एउटा उन्नत विकास”, प्रधानमन्त्री ओलीले भने।
हिजोको दिनमा जनतालाई थर्काएर त्राइमाम बनाएर अनेकौं उपद्रो मच्चाउने लक्षित साथीहरूलाई प्रधानमन्त्री ओली भने; अब तपाईँहरू लोकतान्त्रिक पद्धतिमा आइसक्नुभएको हुनुहुन्छ। अब तपाईँहरू पुरानो भाषालाई बोल्न छोड्नुस्। भ्रमका खेती गर्न छोड्नुस्। अब जनता तर्सिन्छ भन्ने कुरालाई नसोच्नुस्। सबलाई फुटाउन सकिन्छ भन्ने कुरा नठान्नुस्।
अहिले मोर्चाको क्रममा रहेका केही साना दलहरूलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले भने “अहिले १० वटा ग्रुपको मोर्चा सङ्ख्या बनाएर जाँदा कति नै हुनसक्छ,धेरै भए सय जना मात्र त्योभन्दा बढी हुन सक्दैन। यस किसिमको मोर्चा ग्रुपको सङ्ख्याले कुन खालको शक्ति निर्माण गर्नु, त्यसकारण यो खालका भ्रम नराख्नुस्।”
प्रधानमन्त्री ओली भन्छन; लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक अभ्यास चल्छ लोकतान्त्रिक अभ्यासले अगाडि बढ्नुपर्छ। त्यसकारण यो हुनको निमित्त सबैलाई म आह्वान गर्छु।
प्रधानमन्त्री ओली फेरि भन्छन्; “आफ्नो सम्पत्ति नेपालमा केही नरहेको यो स्थितिमा मेरो सम्पत्तिको बारेमा नचाहिने भ्रामक सूचनाहरू बाहिर निकाल्ने दुष्प्रयास पनि भए। त्यो सबै सत्यता हो भने छानबिन अनुसार जे गर्न सकिन्छ त्यो गर्दा भइहाल्यो नि,सम्भव हुन्छ भने बाँडेर खाँदा पनि हुन्छ। त्यसकारण यस्ता भ्रमहरूको खेती गरेर नेपाललाई बिगार्ने गतितिर लाने होइन।”
प्रधानमन्त्री ओलीले भने आइटीको यो जमाना रहेको छ आइटी सेक्टरमा लागि परेमा आफ्ना समस्याहरू ऋणधामलाई नेपालमै बसेर पनि आम्दानी बढाउन सकिने उल्लेख गरेका छन्। आइटी मै बसेर स्वरोजगार बन्ने अभियानमा लागि परौँ। नेपालमै रहेर पनि विभिन्न देशहरुका कामलाई आइटीबाट निभाउन सकिने पनि उल्लेख गरेका छन्। नेपालमा रहेका जति पनि युवा जनशक्तिहरू रहेका छन् सबैलाई प्रधानमन्त्री ओलीले यस आइटी सेक्टरमा लाग्न आह्वान समेत गरेका छन्।
हामी नेपाललाई डिजिटल प्रणालीमा लगिरहेका छौं। र नागरिकको सुविधाका लागि हामीले नागरिक एप्स प्रयोगमा ल्याएका छौं। घरमै बसेर पनि आफैंले दिनुपर्ने कर शुल्कहरू त्यहाँबाट मजाले तिर्न सक्नुहुन्छ। कुनै ठाउँमा लाइनमा बसिरहनुपर्ने अवस्था पनि रहेन त्यसकारण यो तर्फ सबैको ध्यान रहन पनि आग्रह गर्न म चाहान्छु। प्रधानमन्त्री ओलीले भने।
गैर सहकारी मान्छेहरू सहकारीमा प्रवेश गर्दा अहिले यो समस्या रहेको छ। सहकार्य हामीलाई आवश्यक पर्ने संस्था हो। सहकारीहरू मिलेर सानासाना पूँजी जम्मा गरेर ठूलाठूला कामहरू गर्न सक्छौँ। कामलाई छिटोछरित गर्नका निमित्त हामीले केही अध्यादेशहरु ल्याएका छौं अहिले २९ वटा कानुनहरू परिवर्तन गरेका छौं। अहिले नियमावलीहरू पनि बनिरहेको अवस्था छ। संसदमा पास गरुन्जेलसम्म थुप्रै कुराहरू अगाडि हामी बढाइसक्छौं। अब संसदभित्र हिजो जस्तो काम छैन भन्ने स्थिति रहेन, प्रधानमन्त्री ओलीले भने।
नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर सरकार किन बनायो भन्ने सन्दर्भमा प्रधानमन्त्री ओलीले यसो भने स्थिर र स्थायित्वको लागि अनि देशलाई सुशासनतर्फ लैजानका निमित्त यो तालमेल गरेका हौँ। सँगसँगै प्रधानमन्त्री ओलीले फेरि भने संविधानलाई पनि संशोधन गर्छौं। कुनबेला भन्न सक्दैनौं भने सहमति भयो भने काम छिटो हुन सकिन्छ। यदि भएन भने केही समय लाग्न सक्छ। त्यसकारण हामी सहमतिको पक्षमा रहेका छौं।