सुर्खेत। आज सुर्खेतको भेरीगंगा नगरपालिका ३ सप्तरीस्थित सडक खण्डमा एक आपसमा बस र मिनी ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्रक चालक दैलेखको गुराँस गाउँपालिका १ का वर्ष ३१ को हिरापुन मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
आज दिउँसो ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२०० क ००४८ नम्बरको मिनी ट्रक एकआपसमा ठक्कर खान पुगेको थियो।
दुई सवारी साधन ठक्कर खाएर गम्भीर घाइते भएका मगरको मृत्यु भने प्रदेशको अस्पताल काला गाउँमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए। साथै अन्य सोही दुर्घटनामा घाइते भएका ६ जना प्यासेन्जरलाई अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुई सवारी साधन एकआपसमा ठक्कर खाएर दुर्घटना हुनुको कारण प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।