काठमाडौँ। जनता समाजवादी पार्टी नेपालले आज आफूले चलाएको चार महिने अभियानको कार्य गतिलाई पूर्णरूपमा समीक्षा गरेको छ। आज शनिबार बसेको बैठकमा पार्टीले गत कार्तिक महिनादेखि चलाएको अभियानको कार्यको गतिलाई समीक्षा गरेको हो।
“जनतासँग जसपा नेपाल,आधारभूत संगठन निर्माण अभियान” भन्ने मूल नाराका साथ जसपा नेपालले चार महिनेदेखि चलाएको अभियानको कार्यालाई समीक्षा गरिएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए। दुई दिने बैठकले पहिलो दिन कार्यकारिणी समितिका १३ सदस्यहरूले अभियानसम्बन्धी भएका विभिन्न टिप्पणीहरूलाई बैठकमा सुनाएको उनले जानकारी दिए।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले भने; हामीले चार महिने अभियानस्वरूप चलाएको कार्यको प्रतिवेदनको विवरणहरू यो दुई दिने समीक्षा बैठकमा स्थान दिनेछौँ। आज शनिबारको दिनमा पालो परेका साथीहरू र बाँकी भोलि आइतबारको दिनमा पालो परेका साथीहरूको प्रतिवेदनको विवरणलाई समीक्षा गर्नेछौ।
चार महिने अभियानमा जसपा नेपालले सातैवटा प्रदेशमा कार्यकारिणी समितिका प्रत्येक सदस्यहरूलाई परिचालन गरेर गरिएको अभियानको क्रममा पार्टीले सिधा आम जनतासँग जोडिएर जनताका आफ्ना समस्याहरू सुन्ने र जसपा नेपालको पार्टीका नीति र सिद्धान्तबारे आम जनतासँग जोडिएर बुझाउने कार्य भएको छ। पार्टीले अभियानको क्रममा कार्यकर्ता माझमा आफ्नो विचार एजेण्डा राख्दा नयाँ कार्यकर्ताहरूले पार्टीप्रति एउटा छुट्टै उत्साह विचार प्रकट गरिएको जनाएको छ। देशव्यापी अभियानस्वरूप चलाएको चार महिने अभियानबाट प्रत्येक अभियन्ताहरूले नयाँ उत्साह जागृत भएको रिपोर्ट प्रतिवेदन तयार पारिएको प्रवक्ता सुमनले बताए।
पार्टीले चलाएको चार महिने अभियान फलस्वरूप एउटा छुट्टै प्रतिवेदन उत्साह उमङ्गका सँगसँगै केही समस्या प्रतिवेदनमा पेश गरेता पनि त्यसलाई पार्टीले एउटा पुनर्विचार र नयाँ ढङ्गबाट समाधान गरी अघि बढ्ने हौसला सहित अब आउने पार्टीको नयाँ कार्यदिशा हुने प्रवक्ता सुमनले जानकारी दिए।