काठमाडौँ। आज सुनको भाउ तोलामा एकै दिन १ हजार ६ सय रुपैयाँले बढेको छ। जसअनुरूप आज सुनको भाउ तोलाको १ लाख ६८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ रहेको थियो। गएको तीन दिन यता सुनको भाउ निरन्तर उकालो लागिरहेको देखिन्छ।
यस्तै आज चाँदीको भाउ पनि पाँच रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।