हेटौंडा। सीआईएन खबर नेटवर्कमा कुराकानी क्रममा मनोविद कोपाल ढकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई हिंसा भएको खण्डमा मेन कानुनी उपचार नै गर्नु उपयोगी हुने कुरा बताएको छ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको स्वभावमा देखिने लक्षणमा अथवा व्यक्तिको हाउभाउमा हुने कुनै पनि कुराहरू एउटा स्वदेशफुर्त जन्मजात नै लिएर आउने एउटा अवस्था हो। यो कुनै रोग होइन यो,यो कुनै पाप पनि होइन,यो जन्म जात नै हुने एउटा प्रक्रिया हो,यो कुनै पनि कुराहरू पछि जन्मेर हुने पनि होइन,यसको कुनै उपचार पनि छैन र यसलाई हामीले स्वीकार्न गर्न सक्नु एउटा सोच लिन सक्नुपर्छ,उनले भने।
मनोविद ढकाल भन्छन्; जुन कुरा हाम्रो हातमा हुँदैन त्यो कुरालाई हामीले स्वीकार गर्न सक्नुपर्छ। यदि त्यो कुरालाई हामीले स्वीकार गर्न सकेन भने स्वभाविकै रूपमा हामी दुःखी हुन सक्छौँ।
एउटा प्रकृतिले दिएको उपहारलाई हामीले स्वीकार्न सक्ने क्षमता राख्न सक्नुपर्छ। यो जन्म जात नै हुने एउटा प्रकृतिको नियमलाई हो,यसमा त्यो व्यक्तिको कुनै दोष हुँदैन।
हाम्रो समाजमा फरकफरक वर्ग लिङ्ग र मानिसको स्वरूप हुने गर्दछ। यो सबै फरकपन आउनुमा प्रकृतिले दिएको एउटा स्वरूप नै हो,भन्ने बुझ्नुपर्छ,उनले भने।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय धेरै मात्रामा त्यस्ता व्यक्तिहरू पीडित रहेका छन् जसले साइकोलोजिकल समस्या भोगिरहेका छन्। यस्तो समस्यालाई समाधान गर्नको निमित्त राज्यले एउटा समुदाय लक्षित जनचेतनामुखी कार्यक्रमहरू तयार पारी बुझाउन सक्नुपर्छ र हाम्रो पाठ्यक्रम प्रणालीमा पनि यस विषयमा विस्तृत समावेश गरी शिक्षामा जोड दिएको खण्डमा केही हदसम्म भएपनि सकारात्मक नतिजा आउन सकिन्छ। त्यसको साथसाथै यस सँग(लैङ्गिक अल्पसंख्यक) सम्बन्धित भएका सबै व्यक्तिहरूलाई अनिवार्य रुपमा मनोपरामर्श बुझाउन सकेमा यसले पनि समाजमा केही खराब सोच राखेर हिँड्ने सोचलाई केही हदसम्म भएपनि कम गर्न सकिन्छ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको व्यक्तिको आफ्नो पहिचानलाई लिएर आफ्नो परिवारलाई कसरी बुझाउने भन्ने प्रश्नमा मनोविद ढकाल भन्छन्; यस्तो बेला यससँग सम्बन्धित रहेका विभिन्न संघसंस्थाहरू साथै यो विषयमा जानकार भएका व्यक्तिहरूसँग मनोपरामर्श लिने,सम्बन्धित विभिन्न हटलाइन सेवाहरूसँग जोडिने प्रयास गर्ने जस्ता कार्य गरेको अण्डामा केही हदसम्म भएपनि व्यक्तिले आफ्नो पहिचान बुझाउन सकिन्छ।
एउटा लागेको चोटलाई कम गर्नको निमित्त त्यो वातावरण पनि राम्रो हुनुपर्छ। भनेको तात्पर्य समाजमा भएका त्यस्ता व्यक्तिहरूलाई पनि ढिलो चाँडो यस विषयमा जानकारी गराउन सक्नुपर्छ। अथवा लैङ्गिक अल्पसंख्यक समुदायप्रति हेर्ने दृष्टिकोणमा त्यस्ता समाज र घरपरिवारको चेतना र चेतनाको स्तरलाई सुधार गर्न सक्नुपर्छ,उनले भने।
समाजको विभेद रोक्नको निमित्त कसरी जान सकिन्छ भन्ने सवालमा मनोविद ढकाल भन्छन्; “यदि समाजमा आफ्नो विभेद भइरहेको छ भने मूलत व्यक्तिले कानुनी सहायता लिन सकिन्छ। नेपालको कानुनले पनि सबै वर्ग लिङ्गलाई समान रूपमा कानुनी अधिकार पनि सुरक्षित गराएको छ। एक्लै जुत्न सकिएन भने विभिन्न संघसंस्थागत रुपमा यस मुद्दालाई लिएर अघि बढ्ने व्यक्तिहरुसँग जोडेर पनि काम गर्न सकिन्छ। समुदायलाई बुझाउन नसकेता पनि एटलिस्ट आफ्नो घरपरिवारलाई बुझाउन सकिन्छ।”
समस्या जहाँ पनि रहन सक्छ यसलाई आजको भोलि नै कोही कसैले पनि समाधान गर्न सकिन्न। धैर्यतापूर्ण स्वभाव हामीले गर्न सक्नुपर्छ। परिवर्तन आउन केही समय लाग्न सक्छ,उनले भने।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय व्यक्तिहरूको मानसिक स्वास्थ्य स्थिति राम्रो बनाउन के गर्नुपर्छ भने सवालमा उनले भने मूलत यस समुदायका व्यक्तिहरूले आफ्नो आत्मविश्वास एकदम बढाउने जरुरी हुन्छ। र आफूमा जानकार नभएका विषयहरुसँग जानकारी लिन सक्नुपर्छ। र हरेक व्यक्तिले आफूमा भएका सबल पक्षमा जे छ त्यो स्वीकार्न सक्नु पर्छ त्यही नै एउटा बुद्धिमानी कार्य हो।
समाजमा सबै मान्छेले सही रूपमा बुझ्छन् भन्ने पनि छैन। आफ्नो भावनाले जसरी आत्मविश्वास बढाउन प्रेरणा दिन्छ सोही अनुरुप त्यस्ता व्यक्तिसँग आफूले बुझाउन सक्नु र जोडिन सक्नु एउटा बाटोतर्फ लागि परेमा अवश्य पनि त्यो एउटा राम्रो सुधारात्मक बाटो हुनसक्छ,उनले भने।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय व्यक्तिहरूले आत्महत्या प्रयास बढी गर्न खोजेको पाउँछौं। यसलाई रोक्न के गर्नुपर्छ भन्ने सवालमा उनले भने एउटा व्यक्तिले आत्महत्या प्रयास गर्दैगर्दा उसले कहिले पनि म आत्महत्या गर्छु भनेर सोचेका हुँदैन,एउटा पीडामा गरेको एउटा बाटो हुन सक्छ। त्यो हुनमा चाहिँ के देखिन्छ भने जब व्यक्तिले हरेक कुराहरु सोचिरहँदा खेरि अन्य विकल्प नपाइरहेको अवस्थामा मात्र त्यस्ता व्यक्तिहरूले सो कदम चालेको हुन सकिन्छ। यस्तो अवस्थामा हामीले कसरी जान सकिन्छ भन्ने मेरो विचारमा चाहिँ समुदायमा आफूसँग नजिक रहेका जो रहन्छ त्यो व्यक्तिसँग आफ्नो भावना सेयर गर्ने वा त्यस्ता व्यक्तिहरूसँग नजिक रहने, आफ्नो दिमागमा आत्महत्या जस्ता सोच यदि आउँछ भने यस्तो अवस्थामा मनोविद व्यक्तिहरूसँग परामर्श लिनसक्नुपर्छ अनि मात्र केही हदसम्म भएपनि आत्महत्या जस्तो कामहरु केही हद भएपनि कम हुन सकिन्छ,उनले भने।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको आत्मविश्वास कसरी बढाउने ?
आत्मविश्वास बढाउने कुरामा आजभोलि नै हुने कुरा होइन। मान्छेको आत्मविश्वास भनेको ज्ञानले अनुभवले चेतनाले र कामले नै हो एउटा व्यक्तिको पूर्ण आत्मविश्वास बढाउने हो,उनले भने।
यो समाजमा कुनै पनि व्यक्तिहरुलाई सहज रुपमा त्यसरी चिनिरहेका हुँदैन जब व्यक्तिको आफ्नो पहिचानलाई उसको राम्रो कामले एउटा चिनारी हुन सक्छ। त्यसको लागि आफू के हो भनेर देखाउन र बुझाउनको लागि पनि यो समाजमा एउटा सफल र असल मान्छे भएर एउटा काम गरिएको खण्डमा मात्र सबैले राम्रो व्यक्तित्व भनेर चिन्न सकिन्छ यसतर्फ हामीले काम गर्न सक्नु पर्छ,उनले भने।