काठमाडौँ। नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बोल्दै आफू निकै छक्क र आश्चर्य परेको कुरा बताएका छन्।
प्रधानमन्त्री ओली भन्छन्; नेपाल प्रहरी लडिरहेका छन्, मरिरहेका छन्, तर ती अफिसरहरू भित्रभित्र मिलिरहेका छन्, र कसरी हुन्छ आफ्नो दुनो सजाइरहेका छन्,यस्तो अवस्था देख्दा आफूलाई निकै नै नरमाइलो भएको महसुस गरेको छु।
जसको विरुद्ध लड्नुपरेको छ,शान्ति सुव्यवस्थाका निम्ति लड्नुपरेको,आफ्नो घरपरिवार नै नभनी आफ्नो ज्यानको आहुति दिएर लड्नुपरेको छ। यस्तो परिस्थितिमा कतिपय अधिकृतहरू भित्री साठगाठको प्रक्रिया मिलाएको देख्दा निकै आश्चर्यजनक भएको विचार प्रकट गरेका छन्।
उनी भन्छन्; “सबै अधिकृतहरूलाई मैले भनिन कुनै कुनै अपवादको रूपमा हुनुहुन्छ जसले यी कुराहरुलाई भुलेर ती कुराहरूमा जोडिएको महसुस गरेको छु। जस्तै भन्नु त्यो किसिमका हर्कत मैले नेपाली सेनामा पनि देखियो र सशस्त्र प्रहरीमा भने अलि कम भएको महसुस गरे।”
यतिसम्म मैले महसुस गरेकी आफू जोसँग लडिरहेका छन्, जसले आफूलाई मारिरहेका छन्,आफ्ना मातहतका नौजवान व्यक्तिहरूलाई विश्वासघात गर्दै एउटा घर बिदामा जाँदा मारिरहेका छन् भने त्यस्ता प्रविधिका व्यक्तिहरूसँग भित्रभित्रै साठगाठ गर्नु,मिल्नु त्यति सारो अशोभनीय घिनलाग्दो स्वार्थलाई महत्व दिने काम कसरी सम्भव भयो भनेर नेपाल प्रहरी माथि आरोप लाउन भ्याएका छन्।