हेटौंडा। गायिका एलिना चौहानले मेरो पैसा खाएर भागेको व्यक्ति भनेर सामाजिक सञ्जालमा राखिएको फोटो वाला ब्यक्ति दुबईका दिपक बराईलीसँग आर्टिस खबरका एक पत्रकार साथीले कुराकानी गरेका छन्।
गायिका एलिना चौहानले सामाजिक सञ्जाल मार्फत तस्बिर समेत राखेर मलाई यी व्यक्तिले कहिले कार्यक्रमको अर्गनाइजेसन भनेर वा मेरो म्यानेजर भनेर आयोजक व्यक्तिहरुबाट मैले लिनुपर्ने पारिश्रमिक लिएको छ। यो मान्छे चोर ठग हो। यसले अन्य व्यक्तिहरूले पनि यसरी नै ठगिरहेको छ भनेर आरोप लगाउँदै सामाजिक सञ्जालमा तस्बिर प्रकाशन गरेका थिए।
आर्टिस खबरका पत्रकार साथीसँग कुराकानी गर्ने क्रममा उनी भन्छन्,अहिलेसम्म ती बहिनीलाई मैले भेटेको पनि छैन देखेको पनि छैन। मसँग चिनजान भएका एकजना साथी रोशन पराजुली भन्ने साथी रहेको थियो। उहाँले मलाई लौन तपाईंको आफ्नो चिने जानेको सर्कल कलाकारहरू रहेका छन् यस विषयमा तपाईंले केही साथ र सपोर्ट गरिदिनु पर्यो। हाम्रो यस सिक्किममा कार्यक्रम आयोजना हुन थालिरहेको छ। यसमा तपाईंको साथ रहनुपर्यो भन्ने सन्दर्भमा उहाँले आग्रह गरिसकेपछि,मैले चिनेका कलाकार साथीहरूलाई त्यहाँ जोडिने प्रयास गर्ने क्रममा आदरणीय दीपक लिम्बुलाई पनि मैले जानकारी गराए,उहाँ पनि त्यहाँ जानुभयो। त्यसपछि मैले दाई डम्बर नेपालीलाई पनि कुराकानी गर्दा उहाँको सेड्युल नमिल्दा उहाँ जानुभएन। यसरी कुराकानी गर्दै जाँदा मेरो कुराकानी एलिना चौहान बहिनीसँग भयो। यो अवस्थासम्म ती बहिनीसँग मेरो कुनै आधिकारिक सामाजिक सञ्जालहरूमा जोडिएको चिनजान भएको थिएन,उनले भने।
दीपक बराइली भन्छन्; “म आफै अर्गनाइजेसन कामहरू गर्ने व्यक्तित्व हो। यस्तो अवस्थामा उसलाई यो परिचय दिनु पर्छ र ? साथमा म आफै दुबैमा रहेको छु भनेसी यस्तो अवस्थामा कसरी म त्यहाँको अर्गनाइजेसन व्यक्तित्व हु भनेर भन्न सकिन्छ? ती बहिनीलाई मैले नर्मल्ली एउटा कार्यक्रमको आयोजना सिक्किमतिर हुन थालिएको छ जान्छौ कि भनेर सोधेका थियौँ। मैले यो जानकारी गराइसकेपछि उनले भनिन् मेरो १९ तारिखको कार्यक्रम समयतालिका छ त्यो सकेपछि म त्यहाँ जोडिन्छु भनेर उनले भनिन्,र मैले उनलाई भने कि तिमी कार्यक्रम आयोजकको अर्गनाइजेसनसँग कुराकानी गर भन्दाखेरि हुन्छ तपाईँ आफैले नै अर्गनाइजेसन व्यक्तिसँग कुराकानी फाइनल गरिदिनुस् स्वयं उनले मलाई भनिन्।”
गायिका एलिना चौहान बहिनीले मलाई पैसा लियो भन्ने आरोपमा यो स्पष्ट पारिदिनु पर्यो कि मलाई कार्यक्रम अर्गनाइजेसनले कुनचाहिँ एकाउन्टमा पैसा के कति हालिदियो त्यो मलाई चाहियो? होइन भने अरुको यसरी व्यक्तिगत चरित्र हत्या गर्न कहाँ पाइन्छ भनेर आफ्नो विचार बराइलीले लाइफमा राखेका छन्।
गायिका एलिना चौहान लिनु पनि पारिश्रमिकको एडभान्स कार्यक्रम अर्गनाइजेसनले एकजना व्यक्ति जो घिमिरे भन्ने हुनुहुन्थ्यो उहाँको एकाउन्टमा पठाएको भन्ने सुनेको तर यो विषय मलाई त्यति जानकारी छैन। जुन कुरा मलाई आरोप लगाइरहेका छन् मैले एडभान्स पैसा बीचमा लियो भन्ने सन्दर्भमा यो सत्यता नभएको उल्लेख गरेका छन्।
दीपक बराइली भन्छन्; मलाई गायिका एलिना चौहान बहिनीले स्पष्ट के पारिदिनुपर्यो भने मलाई आयोजक भएर आरोप लगाएका छन् यो कसरी भयो? त्यसपछि बहिनीको एकाउन्टबाट मेरो एकाउन्टमा पैसा कसरी आयो त्यो विषयमा ती बहिनीले मलाई क्लियरली पारिदियो भने म आभारी हुने थिए।
मेरो आयोजक व्यक्ति दाईसँग सामान्य कुराकानी योभन्दा पहिला अल्का भएको हो तर आर्थिक विषयसँग सम्बन्धित कुनै कुराकानी भएको छैन,उनले भने।
उनी बहिनी कार्यक्रममा पनि गएकी थिइन् कार्यक्रम सकाएर पनि आएको हुन् र कार्यक्रम सके पश्चात उनले लिनु पर्ने पारिश्रमिक पनि लिएरै फर्केकी हुन्,त्यत्तिकै कसैले प्रोग्राम गरेर पैसा नलि आउने हुन्छ र,उनले भने।
तपाईँलाई किन गायिका एलिना चौहानले सिधै पैसा खायो भनेर आरोप लागाए?
पत्रकारले सोधेको जवाफमा उनले यसो भने मलाई यो विषयमा आश्चर्य लागिरहेको छ। उनी बहिनीले किन मलाई यसो भनिन् भनेर, उनी बहिनीले मसँग के रिसिबी साधेको हो त्यो मलाई थाहा छैन। जुन कुरा अहिलेसम्म त्यो बहिनीसँग फेस टु फेस भेटेको पनि छैन ? तर म के भन्न चाहन्छु भने यस्तो बेला तिमी अलिकति सम्हालेर हिँड्नु बोल्ने गर। यसरी आरोप लगाइरहँदा हामी छोरा मान्छे हो छोरी मान्छे अलिकति रुई कराई गरिरहँदा सबै कुराहरू हामीले सहन्छ भन्ने छैन ? यदि यस्तै तरिकाले अरुको चरित्र हत्या गर्ने किसिमले लागिपर्यो भने म पनि अर्को कदमतिर लागिपर्यो भने तिमीलाई गाह्रो पर्न सक्छ,उनले भने।
उनले मलाई धेरै कुराहरु बोलेका छन् सामाजिक सञ्जालबाट आएर यसले मेरो आफ्नो चरित्र हत्या भएको छ मानहानि भएको छ। यस्तो तरिकाले आउँदा मेरो आफ्नो व्यक्तित्व माथि एउटा छवि गुमेको महसुस गरेको छु,यसलाई मैले पनि सम्बन्धित निकायहरुसँग मेरो पनि घचघचाउने तरिका हुन सकिन्छ भनेर पत्रकार समक्ष लाइभमा कुराकानी राखेका छन्।
तपाईँले आफ्नो स्टाटसमार्फत एउटा थर्काउने पारा शैलीगत रूपमा “पख” जस्ता शब्द प्रयोग गर्नुभएको छ। यसलाई कसरी बुझ्न सकिन्छ ?
मैले जब मेरो बारेमा ती बहिनीले जसरी सामाजिक सञ्जालमा उल्लेख गरेका छन् त्यही विषयलाई लक्षित गरी एउटा संयमता मैले अपनाएको हो। त्यो विषयगत रुपमा भन्नुपर्दा,अदरवाइज यो विषयलाई म पनि एक्सनमा जान सकिने एउटा आधार पनि देखिएको छ।
तपाईँहरूको बीचको मिसअन्डरस्ट्यान्डिङको विषयमा किन सिधा कुराकानी गर्न सक्नुभएन भने सवालमा उनले यसो भने त्यो बहिनीलाई मैले म्यासेज पनि गरेको थिए। हिजो अस्तिको दिनहरूमा मेरो दिनहरू खराब भएको होला। तर अहिले म सुधार तिर लागि परेको छु, त्यसकारण तिम्रा अहिले राम्रा समयहरु चलेका होलान् भोलि त्यो समयहरु सधैं एकनास हुन्छ भन्ने छैन। तिमीले जुन कुरा गर्दै थियो एकचोटि मलाई सोधेर गरेको भए राम्रो हुन्थ्यो तर तिमीले गरेनौ तर केही छैन, तिमीले जे गर्यौ त्यसको परिणाम तिमीले अवश्य मबाट पाउनेछ। यसरी मैले कुरा राखिसके पश्चात् उनले अन्तमा ओके डन भनेका छन्,उनले भने।
म त एउटा खरानी भइसकेको मान्छे हुँ मलाई आगोसँग के को डर,यतिको सेलिब्रिटीको मानिसले जुन हर्कत गरिएको छ त्यो निकै चिप हर्कत हो। यसको प्रभावपछि कत्तिको पर्छ भन्ने उनले अहिले सोचिएको छैन। त्यसकारण म आफ्नो तरिकाले एक्सनमा जानेछु। पक्कै यो विषयलाई गम्भीरतापूर्वक बुझ्दै म आइसकेपछि ती बहिनीसँग आमुने सामुने हुनेछ,उनले भने।