हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले जति पनि विषयमा कुरा उठिरहेका छन् त्यो एउटा सबै भ्रामक प्रोपगाण्डा मचाउने खराब व्यक्तिहरूले उठाएको विषय हुन् भनेर बताएका छन्।
अहिले जसरी हाम्रा पार्टी जसपा नेपालप्रति भ्रामक प्रोपगाण्ड मच्चाउने उद्देश्यका साथ जसरी ती व्यक्तिहरू लागि परेका छन् त्यो सबै निराधार मनोकल्पित तत्यहीन समाचार भएको बताएको हो।
जसपा नेपालका अध्यक्ष यादव भन्छन्; “हामी अहिले तत्काल सरकारमा जानेवालामा छैनौँ,हामीलाई अहिले कुनै पनि मन्त्रालय चाहिएको छैन,अहिलेको आवश्यकता भनेको देश र जनताको हितमा एउटा काम चाहियो।”
विभिन्न विज्ञहरूले अध्यादेशको बारेमा मिश्रित भनाइ राखिरहेका छन्,यो परिस्थितिमा हामी त्यो विषयमा अध्ययन गरेर मात्र त्यो विषयमा लाग्ने नलाग्ने हामी निर्णय गर्छौ,उनले भने।
सरकारले अध्यादेश ल्याइसकेको छ,अब हामी त्यो विषयलाई कार्यसूचीमा राखेर जुन दिन हामीलाई जरुरत पर्छ तब मात्र हामी निर्णय दिन्छौं,उनले भने।
सरकारले ल्याएका अध्यादेशहरू हाम्रो कारणले रोकिएको होइन। जब ल्याइएका अध्यादेशहरुमा हामीले बनाएका कार्यदलहरुले रिपोर्ट पेश गर्यो। पेश गरेका रिपोर्टहरूमा छलफल गर्न नपाउँदै उता कार्यसूचीबाट हटाइदियो। त्यस्तो अवस्थामा हामीले निर्णय गरेर के काम,उनले भने।
सरकारले ल्याएको अध्यादेशबारे जसपा नेपाल पार्टीको धारणा कस्तो छ भन्ने सन्दर्भमा उनले यसो भने जसपा नेपालको धारणा एकदमै सकारात्मक छ। हामी एकदमै क्रिएटिभ तरिकाले सोचिरहेका छौं,एकदमै देश र जनताको हितको लागि,यस अर्थमा हामी एकदमै अगाडि बढ्छौं। यदि सरकारले सोही अध्यादेशलाई पुन कार्यसूचीमा स्थान दियो भने हामी अवश्य छलफल विषय बनाएर हामी निर्णय गर्छौं,उनले भने।
समग्र घटना परिस्थिति अनुसार जुनबेला काम लाग्ने हो त्यही बेला हामी निर्णय गर्छौं। र हामी बाधक होइनौं सरकार आफै बाधक हो,उनले भने ।