चितवन। समाजवादी विद्यार्थी युनियन नेपाल बालकुमारी मुल ईकाई समितिको भेला सम्पन्न भएको छ।
आज सम्पन्न बालकुमारी चितवनको भेलाले आसन्न स्वोबियु निर्वाचनको तयारी अभियानको सिलसिलामा विपिन चन्द्र रेग्मीको अध्यक्षतामा कुल २१ सदस्य कार्यसमिति क्याम्पस मूल २१ इकाई संगठन गठन गरिएको हो।
जिल्ला पार्टीका संयोजक तथा भोलेन्टियर्स फोर्स सदस्य समेत रहेका अनुज जोशीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा उपस्थित समितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष नन्दनी गुप्ता प्रदिप पन्त,विशाल बगाले,सचिव सन्दिप शाह र सहसचिव सीता घर्ती,रोहित आले र कोष अध्यक्ष सुरज उपाध्याय लगायतलाई भेलाले चयन गरेका थिए।