हेटौंडा। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हेटौडा सिमेन्ट उद्योगको एक बोरा सिमेन्टको बजार भाउ ६५० को दरले बेच्दा पनि अझै प्रतिबोरा १०० रुपैँयाले घाटा उद्योगले बेहोरिरहेको कुरा बताएका छन्।
अहिले सिमेन्ट उद्योगहरूले मूल्यवृद्धि गरेको सन्दर्भमा उद्योगमन्त्री भण्डारीले यसो भने यो मूल्यवृद्धि भएको सन्दर्भमा हाम्रो मन्त्रालय गम्भीर रहेको छ। र हामीले पटकपटक सिमेन्ट उत्पादक सङ्घहरूसँग बसेर चार पाँचचोटि फर्मली छलफल पनि गरेका थियौँ। साथै अनौपचारिक पनि कुराकानीको हिसाबले पनि बस्यौँ। ती बैठकहरूमा निर्माण व्यवसायीहरू र सम्बद्ध सरोकारवाला व्यक्तिहरूसँग रहेर कुराकानी पनि गरयौँ। र बसेका बैठकहरूमा पछिल्लो मूल्यवृद्धिको बारेमा निकै धेरै छलफल पनि कुराकानी गर्यौ।
जसरी बाहिर मार्केटमा शत प्रतिशत सिमेन्ट उद्योगको मूल्य वृद्धि बढ्यो भनेर हल्ला आइरहेका छन्। त्यो वास्तवमा सत्यता होइन भनेर उनले बताए।
विभिन्न उद्योगको विभिन्न आफ्ना उत्पादक मूल्यहरू रहेका हुन्छन्। जसले गर्दा सामान्य मूल्य वृद्धि भएका हुन्,उनले भने।
अहिले सरकारी मातहतमा रहेका दुईवटा सिमेन्ट उद्योग रहेका छन्। जसमा हेटौडा सिमेन्ट उद्योग कारखाना र उदयपुर सिमेन्ट उद्योग कारखाना यी दुई उद्योगलाई पनि नेपाल सरकारले भनेअनुसारको गति दिन सकिरहेको छैन,उनले भने।
एउटा उद्योग व्यवसायीले कुनै पनि हालतमा आफू घाटा खाएर सामान बिक्री गर्न सक्दैन। व्यवसायीले घरबाट पैसा हालेर उत्पादन गरेर सामान बिक्री गर्ने सोच बनाउँदैन। त्यसैले हामीले समग्र दुवै कोणबाट बुझेर काम गर्नुपर्छ। राज्यको भूमिका भनेको उद्योगलाई पनि बचाउने हो र उपभोक्तालाई पनि सुलभ दिने हो,उनले भने।
उद्योगमन्त्री भण्डारी भन्छन्; हामी अहिले पनि भन्छौं भएको सहमति अनुसार रु ११५ प्रतिबोरा सिमेन्टको मूल्य अनुसार नै बिक्री वितरण गर ।
अहिले सिमेन्ट उद्योगको मूल्य वृद्धि हुनुमा विद्युत प्राधिकरणको लोडसेडिङको स्याडुलले पनि उत्तिकै भूमिका रहेको छ भन्दै मन्त्री भण्डारीले आरोप लाउन समेत भ्याएका छन्।
एकजना माननीय सांसदले हाम्रो विषय त्योसँग सम्बन्धित रहेको छैन। त्यसकारण यो प्रसङ्ग त्यतातिर नडोर्याउनुहोस्। भन्दै मन्त्री भण्डारीलाई बोल्ने क्रममा रोक्ने प्रयास गरेका छन्।
उद्योगमन्त्री भण्डारी भन्छन्; “मूल्यवृद्धि घट्या छ। यसलाई घटाउने प्रयास भइरहेको छ। मूल्य वृद्धि नियन्त्रण गर्ने आवश्यक समिति बनेको छ। सोही समितिले गरेको निर्णय जे आउँछ त्यसैलाई मानौँ।”