काठमाडौँ। काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर पानी बाहिर जानुमा नेपाल विद्युत प्राधिकरणले आफ्नो गल्ती स्वीकार गरेको छ।
आज दिउँसो बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेर जमिनमा जलमल्ल बन्न पुगेको छ।
बबरमहल स्थित विद्युत प्राधिकरणले आफ्नो भूमिगत तारहरूलाई जडान गर्ने सिलसिलाको कार्यमा उक्त पाइपलाइन ड्रिलङपछि रिमिङ गर्दा त्यसबेला ध्यान नपुराउँदा पाइपलाइनमा क्षति हुन पुगेको प्राधिकरणले सहर्ष स्वीकार गरेको हो।
अहिले त्यहाँ भूमिगत गर्ने कामको ठेक्का विद्युत प्राधिकरणले के.ई.आई कम्पनीलाई जिम्मा दिएको थियो सोही अनुरुप कम्पनीले त्यस स्थानमा भूमिगत तारलाइनलाई जोडान गर्ने कार्यालय निरन्तरता दिइरहेको थियो।
कम्पनीका सुपरभाइजर अनिश कुमारले जुन स्थानमा पाइप फुटेर पानी निस्किएका छन् उक्त स्थानमा हामीहरूकै गल्तीको कारण उक्त क्षति हुन पुगेको हो भनेर केयुकेएलका कार्यान्वयन निर्देशनालयका प्रवक्ता जानकारी दिए।
विज्ञप्तिमा उल्लेख गरे अनुसार ; वनपरिसर अगाडिको सडकमा विद्युत लाइनलाई भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा अवसावधानी बस उक्त पाइपमा क्षति हुन पुगेको निर्माण कम्पनी के.ई.आईका सुपरभाइजर अनिश कुमारले स्वीकार गरेको छ।
उक्त पाइपलाइन फुट्नुको मुख्य कारण जि.आई.एस म्यापलाई फोकस नगरी कार्य गर्दा उक्त क्षति भएको आयोजकले जनाएको छ।
यस्तो छ विज्ञप्तिम हेर्नुस् :-