हेटौडा। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले आफ्नो ३०औँ जनयुद्ध दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ।
क.डा. रमाकान्तको नेतृत्वमा आयोजित उक्त निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम भोलि फागुन १ गतेदेखि ३ गतेसम्म निरन्तर शिविर चल्नेछ।
भोलिदेखि सुरु हुने निःशुल्क स्वास्थ्य शिविरको समय बिहान ठिक १० बजेदेखि साँझ ६ बजेसम्म रहनेछ।
निःशुल्क शिविर चल्ने स्थानहरूमा कालिकोट,रूपन्देही,डोटी,परासी र पर्सा रहेका छन्।