रोल्पा। रोल्पा जिल्लाको माडी गाउँपालिका ५ मा जीप दुर्घटना भएको छ।
दुर्घटना भएको उक्त जीप घोराहीबाट परिवर्तन गाउँपालिका २ राङसीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको सवारी रहेको हो।
उक्त सवारी दुर्घटनाबाट दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
सवारी दुर्घटनाबाट घाइते भएकाहरूलाई अहिले जिल्ला अन्तर्गत रहेको अस्पताल लिबाङतर्फ ल्याइएको बताएको छ।
दुर्घटनाबारे थप अनुसन्धान अहिले भइरहेको प्रहरीले जानकारी दिइरहेको छ।