काठमाडौँ। आगामी फागुन ५ गतेदेखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल,म्यानमार,लेबनान र किर्गिस्तान सम्मलित महिला फुटबल खेलाडीहरूद्वारा खेल प्रतियोगिता हुने भएको छ। यस किसिमको खेल नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन थालिएको हो।
प्रतियोगितामा सहभागी हुन किर्गिस्तानबाट आज केही खेलाडीहरू आउँदैछन्। भने बाँकी दुई टोली फागुन २ गते नेपाल आइसक्ने आयोजक एन्फाले जानकारी दिएको छ।
जति पनि खेलाडीहरू नेपाल आउँदैछन् सो खेलाडीहरूलाई प्रशिक्षणको लागि एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकाली स्थित खेलमैदानमा गराउने भएको छ।
यता एन्फाले भने नेपाली महिला टिमहरूलाई काठमाडौँमा आगामी सातादेखि सुरु हुने चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्ने महिला टिमको घोषणा पनि गरिसकेको छ।
जति पनि नेपाली टिममा घोषित भएका महिला खेलाडीहरू ती सबैलाई प्रशिक्षक राजेन्द्र तामाङले आज नै २३ सदस्य टोली सार्वजनिक गरिसकेका छन्। एन्जिला तुम्बापो सुब्बाको एउटा कप्तानीमा भने नयाँ दुई महिला खेलाडी प्रवेश गरेका छन्।
एन्जिला टोली कप्तानीमा जोडिएका नयाँ खेलाडी अन्जना राणा मगर र उषा नाथ रहेका छन्। यी दुवै गोल रक्षकको रुपमा रहेको बताएको छ। त्यस्तै डिफेन्डर खेलाडीहरुमा अमृता जैसी,गीता राना,बिमला बिक,पूजा राना,निशा थोकर,समीक्षा घिमिरे,बिमला चौधरी र मनमाया दमाई रहेका छन्।
त्यसैगरी मिडी फिल्टरमा अनिता बस्नेत,रेणुका नगरकोटी,प्रीति राई,सरु लिम्बु,सविता राना मगर,रेणुका हमाल र सुष्मा तामाङ रहेका छन्। त्यस्तै फरवार्डमा सावित्रा भण्डारी,रेखा पौडेल,रश्मी कुमारी किसिङ,चन्द्रा भण्डारी र अनिता केसी रहेका छन्।