पर्वत। पर्वत जिल्ला प्रहरी कार्यालयले सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना व्यक्तिहरुलाई पक्राउ गरेका छन्। कुस्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको सामुदायिक वनमा आगो लगाएको भन्दै प्रहरीले दुई स्थानीय युवा सुभाष पौडेल र रमेश पौडेललाई पक्राउ गरिएको हो।
पक्राउ परेका दुई व्यक्तिले गएको माघ २९ गते सामुदायिक वनमा आगो लगाएको प्रहरीको आरोप रहेको छ। सामुदायिक वनमा लागेको डढेलोले वन क्षेत्रमा आश्रित रहेका जति पनि वन्यजन्तुहरू रहेका छन् ती सबैको बासिस्थान नष्ट हुनुका साथै नजिक आसपास रहेका बस्तीहरूलाई पनि जोखिमयुक्त रहेको भन्दै स्थानीय बासीहरुले प्रहरीलाई सूचना दिइसकेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरिएको बताए।
वन ऐन २०७६ र मुलुकी अपराध संघीयता २०७७ ले वनमा डडेलो लगाउनेलाई कैद र जरिवानाको व्यवस्था गरे तापनि डढेलो जस्ता घटना अझै पनि भनेअनुसारको नियन्त्रण भने हुन सकिरहेको अवस्था छैन। नेपालमा अधिकांश झन्डै ९६ प्रतिशत डढेलो भने मानवीय क्रियाकलापद्वारा नै हुने गरेको पाइएको छ। त्यसमा पनि बढी मात्रामा मानवीय व्यक्तिद्वारा ६६% भन्दा धेरै आगो लगाएको पाउन सकिन्छ।
खासमा स्थानीय रूपमा रहने मानिसहरूले आफ्नो नजिकका वन क्षेत्रमा आगो लगाउनुको मुख्य कारण भने रुख विरुवाबाट झरेका सुकेका पातहरुलाई ड्रराएमा थप नयाँ पालुवा राम्रो आउन सकिन्छ भन्ने जस्ता विचारधारा भएका व्यक्तिहरुद्वारा नै डडेला जस्ता क्रियाकलाप बढी भएको देख्न सकिन्छ।