काठमाडौँ। काठमाडौँको ठमेलस्थित एक स्थानमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अखिल नेता कमल जोशी पक्राउ परेका छन्।
आज उनलाई दिउँसोको समयमा प्रहरीले बानेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँहरूले जानकारी गराएका छन्।
ड्युटीमा खटेको प्रहरीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सम्बद्ध सरोकारवाला निकायहरुको सामाजिक सञ्जालमा निकै आलोचना समेत भएका थिए।