काठमाडौँ। आज सुनको भाउ ४ सय रुपैयाँले बढेको छ। जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ प्रतितोला तोलामा २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६९ हजार ८ सयमा कारोबार भएको थियो।
आज भने चाँदीको भाउ सामान्य रुपमा केही बढेको छ। आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको १ हजार ९ सय रुपैयाँले कारोबार भएको थियो।