काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्यमा अहिले केही समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य केही बढेको छ भने डिजेल र मट्टी तेलको मूल्य केही रकम गिरावट आएको छ।
आज मध्यरातबाट लागू हुनेगरी निगमले इन्धनको मूल्यमा केही समायोजन गरिएको हो। निगमले अहिले बढाएको मूल्यमा पेट्रोल एक रूपैयाँले बढेको छ भने डिजल र मट्टी तेल चार रुपैयाँले घटेको छ।
निगमले यो मूल्य हेरफेर गरिनुको कारणमा इन्डियन आयल कर्पोरेसनबाट आज निकालेको मूल्य सूची अनुसार नै नेपाली बजारमा पनि केही पेट्रोलियम पदार्थको नयाँ खरिदमा १ रूपैयाँ ५८ पैसा वृद्धि भएको छ भने डिजेल र मट्टी तेलमा प्रति लिटर ३ रुपैयाँ ५९ पैसाले घटाएको छ।
जसअनुसार नेपाली बजारमा पनि निगमले आज मध्यरातदेखि पुराना मूल्य दरमा केही समायोजन गरेर उक्त मूल्य सूची विज्ञप्तिमा निकालेको छ।