हेटौंडा। यस वर्ष स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा आर्थिक वर्ष २०८०/८१ को कार्य विवरणअनुसार कैलाश गाउँपालिका जिल्लामै पहिलो पालिकाको रूपमा घोषित भएको छ। कुल १०० पूर्णाङ्कमा कैलास गाउँपालिकाले ८६ अङ्क पाएर उक्त स्थान पाउन सफल भएको हो।
यसैगरी अन्य पालिकाहरू पनि क्रमिकमा निम्न स्थान पाउन सफल भएको छ। जस अनुसार बागमती गाउँपालिकाले १०० पूर्णाङ्कमा ८५.५ अङ्क पाएर दोस्रो स्थान बनाउन सफल, मनहरी गाउँपालिकाले १०० पूर्णाङ्कमा ८३.५ अङ्क पाएर तेस्रो स्थान बनाउन सफल,बकैया गाउँपालिकाले १०० पूर्णाङ्कमा ६४ अङ्क पाउन सफल,भीमफेदी गाउँपालिकाले १०० पूर्णाङ्कमा ५४ अङ्क पाउन सफल, हेटौडा उपमहानगरपालिकाले १०० पूर्णाङ्कमा ७० अङ्क पाउन सफल,इन्द्र सरोवर गाउँपालिकाले १०० पूर्णाङ्कमा ६६ अङ्क पाउन सफल,मकवानपुर गढी गाउँपालिकाले १०० पूर्णाङ्कमा ७१.५ अङ्क पाउन सफल र राक्सिराङ गाउँपालिकाले १०० पूर्णाङ्कमा ७० अङ्क पाउन सफल भएको छ।
यस आर्थिक वर्षमा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सबैभन्दा कम अङ्क ल्याउनेमा भीमफेती गाउँपालिका रहेको देखिन्छ।