रौतहट। रौतहट जिल्लाको चन्द्रपुर ४ अवस्थित चन्द्रनियापुरमा विगत लामो समयदेखि अस्पताललाई अवैध रुपमा सञ्चालन गर्दै आइरहेका एकजना अस्पताल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका अस्पताल सञ्चालकलाई भने गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले थालेनी गरेको अनुगमन टोलीले बिना दर्ता बिना नै अस्पताल सञ्चालन गर्दै आइरहेको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर नामक अस्पतालका सञ्चालक राजन शाहलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।
उक्त अस्पताललाई पहिला नै निर्देशन दिएको थियो कि यस अस्पताललाई दर्ता गरेर मात्र सञ्चालन गर्नु भनेर तर सोही अस्पतालले अटेर गरी अस्पताल सञ्चालन गर्दै अवस्थामा फेला परेपछि सो कारबाहीमा शाह परेका हुन्।
दिएको निर्देशनलाई पालना नगरी आफ्नो मनमानी ढङ्गबाट अस्पताललाई निरन्तरता दिइरहेको अवस्थामा उनलाई आज इलाका प्रहरी कार्यालय चन्द्रनिहापुरले पक्राउ गरेको प्रहरी नायक उपरीक्षकले जानकारी दिए। उनले दिएको निर्देशन पत्रलाई अवज्ञा गरेर नै अस्पताल सञ्चालन गरेपछि पक्राउ गर्न बाध्य भएको प्रहरी नायक उपरीक्षकले बताए।
मुख्यमन्त्री कार्यालयबाट अनुगमन कार्यलाई निरन्तरता दिने क्रममा गत शनिबार मात्रै चन्द्रनियापुरको ११ वटा निजी अस्पताललाई अनुगमन गर्न सफल भएको थियो। जसमध्ये १० वटा अस्पताल दर्ता नगरिएको अवस्थामा भेटिएको थियो।
अनुगमनको सर्वेक्षणले भेटिएको ११ वटा अस्पतालमध्ये एकवटा अस्पताल अर्थात् चन्द्रपुर अस्पताल प्रा.लि ले मात्र आफ्नो अस्पताललाई पूर्णरूपमा अनुमति लिएर अस्पताललाई चलाइरहेको अवस्थामा भेटिएको समितिका सदस्य सचिवले जानकारी दिए।
मुख्यमन्त्री अनुगमन टोलीले बिना इजाजत अनुमतिपत्र नली सञ्चालन गरिरहेको अवस्थामा यी अस्पतालहरु भेटिएको उल्लेख गरेका छन्। जस्तै हाइवे टमा हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली,सिभिल हुम्यान एन्ड रिसर्च सेन्टर प्राली,पब्लिक लाइफ केयर पोलिक्लिनिक,एपोलोसिटी अस्पताल,चपुर सिटी अस्पताल,हिमाल पोलिक्लिनिक,चन्द्रपुर सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक,चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र रहेका छन्।