हेटौडा। नेपाल आयल निगमले इन्धनको मूल्य अहिले घटाएको छ। निगमले पेट्रोलियम पदार्थमा प्रति लिटर रु ५ तथा डिजल र मटीतेलमा प्रति लिटर ४ रुपैयाँको दरले मूल्य घटाएको हो।
निगमले आज रातिदेखि लागू हुने गरी सम्पूर्ण मूल्य निर्धारणहरू गरिएको बताएको छ। यस मूल्य निर्धारणमा उल्लेख गरेको मूल्य अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको मूल्यमा प्रति लिटर १६३ रुपैयाँ कायम हुने र डिजल तथा मट्टी तेलमा भने १५१ रूपैयाँ मूल्य निर्धारण गरिएको निगमले निकालेको विज्ञप्तिमा भनिएको छ।
इन्डियन आयल कर्पोरेसनबाट आजदेखि अर्थात् मार्च १५ देखि प्राप्त भएको पेट्रोल तथा डिजलको नयाँ खरिद मूल्यमा घटेर आएपछि यता निगमले पनि पुरानो मूल्यलाई समायोजन गरी नयाँ घटाएको मूल्यसूचीलाई सार्वजनिक गरिएको बताएको छ।
हेर्नुहोस् नेपाल आयल निगमले मूल्य सूची घटाएर निकालेको प्रेस विज्ञप्ति:-