हेटौंडा। मकवानपुरको हेटौँडामा ३९० घण्टा आधारभूत ब्युटिपार्लर तालिम आजबाट शुरु भएको छ। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी) र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो।
सूर्यमणि प्राविधिक शिक्षालय प्रा.लि.को आयोजनामा शुरु भएको तालिममा हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडाका २० जना महिला सहभागिता रहेको कार्यक्रम संयोजक मेनका श्रेष्ठले जानकारी दिइन्।
तालिम व्यवस्थापन र शिप परिक्षणका लागि सीटीइभीटी र हेटौँडा उपमहानगरपालिकाले ६०/४० प्रतिशत आर्थिक सहयोग प्रदान गरेका छन् ।
महिलाहरुलाई स्वदेशमै स्वरोजगार तथा आत्मनिर्भरतामा सघाउने उद्घेश्यले थालिएको तालिमको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले उद्घाटन् गरिन्। तालिम उद्घाटनमा प्रमुख लामाले प्राकृतिक सौन्दर्यको सामग्री प्रयोग गरी व्युटी पार्लर क्षेत्रलाई व्यवसायिक बनाउन तालिम प्रभावकारी हुने अपेक्षा व्यक्त गरिन्।
प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी) का प्रमुख शान्ति लामाले महिलाहरुलाई आफ्नै ठाउँमा शिप सिकेर स्वरोजगार हुन तालिमलाई भरपुर उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिन्।