काठमाडौँ। नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ तोलामा रु ८ सय रुपैयाँले बढेको छ। जसअनुसार सुनको भाउ प्रतितोलामा आज १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुनको भाउ तोलामा १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य रूपमा घटेको छ। आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य भने २ हजार ५० रूपैयाँ रहेको थियो।