हेटौंडा। हेटौडा उपमहानगरपालिका ८, पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको औद्योगिक क्षेत्र अगाडि बुलेट ग्याँस दुर्घटना भएको छ।
आज बिहान करिब ७ बजे र १५ मिनेटको समय अवधिमा बीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको एन एल ०१ ए ए ५००७ नम्बरको भारतीय ग्याँस बुलेट गाडीको ब्रेकफिल हुन जाँदा जाँदा त्यसको ठिक विपरी दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसँग ठक्कर हुन जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भारतीय नम्बर प्लेटको ग्यास बुलेट ट्रकसँग ठक्कर खाँदा सडकको छेउमा पल्टिन गएको छ। उक्त दुई साधनको ठक्करबाट कुनै पनि किसिमको मानवीय क्षति भने भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेको ग्यास बुलेट गाडी हेटौडा हुँदै धादिङ जिल्लाको धार्केस्थित ग्यास उद्योगको लागि ग्यास लिएर जाने अवस्थामा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिए।