काठमाडौँ। नेपाली सुनचाँदी बजारमा उच्चतम बिन्दुमा पुगेको सुनको भाउ आज भने एक हजार रुपैयाँले घट्न गएको छ। जस अनुसार सुनको भाउ आज प्रतितोलामा १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको तीन दिन यता सुनको भाउ प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।
यस्तै चाँदीको भाउमा पनि केही मूल्यमा तल झरेको छ। आज चाँदीको भाउ प्रतितोलामा ३५ को दरले घटेर १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको २ हजार ३० रूपैयाँमा कायम भएको थियो।