हेटौंडा। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नागरिक यातायातको बसमा सवार एक महिला यात्रीको मृत्यु भएको छ। बसमा यात्रा गरिरहेको अवस्थामा उनको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको झापाको झिलझिले भन्ने स्थानमा आइपुगेपछि उक्त बसमा सवार अन्य यात्रुहरूले सिटमै ढलिरहेको अवस्थामा एक महिना देखेपछि बस रोकेर प्रहरीलाई खबर गरेका थिए।
घटनाको अवस्था के कस्तो भन्ने बारेमा थप आउन बाँकी रहेको छ।
समाचार स्रोत: सामाजिक सञ्जाल