दमक। दमकबाट बिर्तामोड तर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार महिलाको पहिचान खुलेको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायात बसमा सवार मोरङ गछिया बस्ने वर्ष ४३ की सेलिङ चेम्जोङ रहेको प्रहरीले जनाएको छ।
उनी पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको सडकखण्डमा आज साँझ ५:५० बजेतिर झिलझिले भन्ने स्थानमा आइपुगेपछि सिटमै मृत भेटेपछि उनीसँग सवार यात्रीहरु र गाडीचालकले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा प्रहरी आइसकेपछि अचेत अवस्थाकी चेम्जुङलाई केही उपचारका लागि भनेर लालीगुराँस मेडिकल हलदेखि बिएनसी अस्पतालसम्म लगिएको र बीएनसी अस्पताल आइपुग्दासम्म त्यहाँ रहेका डाक्टरहरूले उनको मृत्यु पहिले नै भइसकेको प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार उनको मृत्यु भने दीर्घरोगको कारण हुनसक्ने आशंका गरिएको छ।
मृतकका परिवारहरूलाई खबर गरिसकेको प्रहरीले जानकारी दिएको छ।