काठमाडौँ। आज (शुक्रबार) राति गण्डकी प्रदेशका केही जिल्लाहरूमा मेघ गर्जन चट्याङ सहित वर्षा भएको छ। वर्षा हुने केही जिल्लाहरू मनाङ,लमजुङ र गोर्खा लगायतका स्थानहरू रहेका छन्।
जल तथा मौसम विभागका अनुसार; अहिले जसरी गण्डकी प्रदेशका केही जिल्लाहरूमा वर्षा भएका छन्। वर्ष गराउने प्रणाली कमजोर स्थिति रहेकोले त्यो बिस्तारै केही समयपछि ती स्थानमा वर्षाको मात्र कम हुनेछ।
साथै आज राति नै कोशी प्रदेश र मधेस प्रदेशका केही थोरै स्थानहरू लगायत बाँकी भूभागहरूमा एक दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसम विभागले जनाएको छ।