झापा। “शुद्ध पिउने पानी पिउ, स्वस्थ रहौँ” भन्ने मूल उदेश्यका साथ युथ लिडर्स नेपालको सहयोग तथा नेपाली कांग्रेस कोशी प्रदेशका सह-महामन्त्री एवं पूर्व मेयर खड्ग फागोको पहलमा संचार क्लब नेपाल उर्लाबारीलाई एक थान इलेक्ट्रिक वाटर फिल्टर प्रदान गरिएको छ।
शनिबार उर्लाबारी-७ स्थित सञ्चार क्लब नेपालको कार्यालयमा आयोजित कार्यक्रममा पूर्व मेयर फागोले क्लबका अध्यक्ष कुमार खड्कालाई औपचारिक रूपमा वाटर फिल्टर हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व मेयर फागोले सहयोगी दाता मिलन आचार्यलाई विशेष धन्यवाद व्यक्त गर्दै समाजको समृद्धि र जनताको स्वास्थ्य सुरक्षाका लागि यस्ता सहयोगात्मक कार्यहरू आवश्यक रहेको बताए।
कार्यक्रममा बीपी अध्ययन प्रतिष्ठान उर्लाबारीका अध्यक्ष सोम प्रसाद तिम्सिना,नेपाली कांग्रेस प्रदेश प्रतिनिधि टंक राई,नेपाली काग्रेस नगर सभापति सुरेन्द्र लिम्बू,तरुण दल नगर सभापति विक्रम चापागाईं,सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्व अध्यक्ष जगन्नाथ भट्टराई,वडा सदस्य सुमन कार्की,सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष कुमार खड्का लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने नेपाली कांग्रेस नगर सचिव राजन रायमाझीले गरेका थिए।
यस अघि उर्लाबारी-७ को नमुना बालगृह, उर्लाबारी-७ मै रहेको जीवन बचाऊ केन्द्र,उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी-४ मा रहेको जेष्ठ नागरिक समन्वय केन्द्र,हब्रोन चर्च तथा उर्लाबारी-३ स्थित दुर्गा मन्दिरलाई पनि एक एक थान सोही वाटर फिल्टर वितरण गरिएको थियो । वितरित इलेक्ट्रिक वाटर फिल्टरको बजार मूल्य ३६ हजार ५ सय रुपैयाँ रहेको छ।