Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Flash News राजनीति

सबैको साथ रहेको खण्डमा ढकिया चिन्हलाई पहिचान स्वरूप बनाउने: जनमत पार्टी अध्यक्ष राउत

रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ९, २०८१
188 views पटक
सबैको साथ रहेको खण्डमा ढकिया चिन्हलाई पहिचान स्वरूप बनाउने: जनमत पार्टी अध्यक्ष राउत
0 मिनेट पढ्ने
अपडेट: चैत्र ९, २०८१

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्य कार्यदल गठन गरेको छ। नाउपाले काठमाडौँमा गरेको दुई दिने केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको हो।

नाउपाले बनाएको कार्यदल गठन सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेका छन्।

यस अघि गएको फागुन अन्तिम साता बसेको जनमतको केन्द्रीय समितिको बैठकले नाउपासँग पार्टी एकीकरणका लागि कार्यदल बनाएको थियो। जनमतको उक्त केन्द्रीय बैठकले कार्यदलमा प्रतिनिधि सभा सदस्य अब्दुल खान संयोजक र डाक्टर सरद सिंह यादव र बाल गोविन्द चौधरी सदस्य बनेका थिए।

नाउपाले विगत लामो समयदेखि केन्द्रीय समितिको बैठक नबसेको स्थितिमा अहिले पार्टीलाई एकीकरण गर्ने उद्देश्यका साथ बोलाएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा जनमतका अध्यक्ष सीके राउतले विशेष सम्बोधन गरेका थिए।

जनमतका अध्यक्ष राउत भन्छन् “थारुको पहिचान समेत रहेको ढकियालाई गर्व गर्न लाइक बनाउँछौं।” हाम्रो उद्देश्यमा पार्टी केन्द्रीय सदस्यहरू लगायत सबै कार्यकर्ताहरूले साथ नदिएसम्म यो सम्भव रहेको छैन,उनले भने।

सबैको सहमति र सम्मानले मात्रै हामी अन्तर मनदेखि नै एक हुन सक्छौ। यसको लागि सबैको अतुलनीय साथको खाँचो रहेको छ। यदि यहाँहरूको साथ मिल्यो भने ढकियामै गर्व गर्न सक्ने एउटा पहिचान सहितको पार्टी बनाउने जनमतका अध्यक्ष राउतले आफ्नो धारणा राखेका छन्।

त्यस्तै नाउपाका पार्टी संरक्षकको रुपमा रहेका रेशमलाल चौधरीले हात मात्र होइन तपाईंहरूको मनदेखि नै अतुलनीय साथको अपेक्षा रहेको बताए। उनले अध्यक्ष राउतलाई विपक्षीय सिटमा बस्न सक्ने मनसाय बनाउन जरुरी छ। जुनसुकै परिस्थितिमा भएपनि संसद भवनको विपक्षको सिटमा बस्नुपर्ने हुनसक्छ। कुनै पनि मन्त्री पद भएको खण्डमा पनि पदलाई त्यागेर सडकमा पनि आउनुपर्ने अवस्था हुन सक्छ। त्यसको लागि हामी हरेक कुराबाट बलियो भएर अगाडि बढ्न मन दरिलो हुनु जरुरी छ; संरक्षक चौधरीले भने।

जनमत पार्टीका अध्यक्ष राउतले अहिले नाउपाको केन्द्रीय समितिको बैठकले दुईवटा पार्टीको एकता निश्चित भएको दाबी समेत गरेका छन्।

नाउपाको केन्द्रीय सदस्यहरूको बैठकले एउटा सकारात्मक छलफलको केन्द्रबिन्दु बनाइरहेको हुनाले दुईवटा पार्टीबीच एकता हुने सम्भव देखिएको उनले बताए।

नाउपाका पार्टी संरक्षक रूपमा रहेका रेशमलाल चौधरीजी पनि पार्टी एकीकरणतर्फ निकै सकारात्मक भएको र उहाँप्रति कुनै पनि भित्री स्वार्थ नरहेको बताउँदै यी दुवै पार्टी विवादरहित एउटा निश्चित दिशामा नयाँ पार्टी पंक्तिमा अगाडि बढ्ने जनमतका अध्यक्ष राउतले सञ्चारकर्मीहरूसँग आफ्नो भनाइ राखेका छन्।

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5764 लेख
व्यू
आजको मिति
17
January 2026
Saturday

ट्रेन्डिङ समाचार

1
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2314 views
2
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 896 views
3
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 806 views
4
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 741 views
5
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 701 views

नयाँ समाचार

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म…
14 hours पहिले
पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको…
14 hours पहिले
हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत
15 hours पहिले
रमेश परियारप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली, परिवारजनमा समवेदना
15 hours पहिले
निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन…
15 hours पहिले

श्रेणीहरू

Flash News5720Uncategorized72अन्तराष्ट्रिय375अर्थ397कृषि समाचार29खेलकुद587मनोरन्जन209मौसम126राजनीति1052राजमार्ग खबर219
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म जानेछौँ” – अध्यक्ष विशाल राज महत

14 hours पहिले 51 views

पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

14 hours पहिले 35 views

हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत

15 hours पहिले 37 views
Radio Bharosa

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2026 Radio Bharosa सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys