काठमाडौँ। नेपाली सुन बजारमा आज पनि सुन तोलामा ९ सय रुपैयाँले घटेको छ। जसअनुसार आज सुन प्रतितोला १ लाख७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको तीन दिन अगाडि सुन तोलामा १ लाख ७४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर आएको छ। जसअनुसार चाँदी प्रतितोलामा १ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी पनि गएको तीन दिन अगाडि तोलाको १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।