काठमाडौँ। चितवनबाट आउँदै गरेको हायस सडकबाट अनियन्त्रित भई धानकोटमा दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ।
दुर्घटनाबाट मृत्यु भएका महिलाको पहिचान भने खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर लगिएको थियो। उपचारको क्रममा उक्त महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै दुर्घटना परी चितवनको कालिका नगरपालिका ७ घर भएकी वर्ष ६८ की बिन्दु देवकोटा, बिन्दुको छोरा दिव्यन पोखरेल भने उपचार पश्चात डिस्चार्ज भइसकेको छ। भने वर्ष ४० कि अनिता थापा वर्ष ३७ कि मोहनी गुरुङ वर्ष २५ की सीमा कुमाल र वर्ष २० की बर्सिया कुसुम राईलाई भने अहिले उपचाररत भइरहेको प्रहरीले जानकारी दिएलो छ।
हायस गाडी के कसरी दुर्घटना हुन गयो भन्ने विषयमा ले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।