काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता एकीकरणतर्फ लगभग सहमति नजिक पुगेको बताएको छ। दुईवटा पार्टी सहमति एकतामा पुगे पश्चात पार्टीको नाम अध्यक्ष,चुनाव चिन्ह लगायतका विषयमा दुवै पक्ष सहमति हुने तर्फ रहेको जानकारी आएका छन्।
यदि यी दुईवटा पार्टी एकताको केन्द्रमा हुनासाथ लगभग पार्टी अन्तर्गत छलफलबाट जनमत पार्टीका हालको अध्यक्ष डा.सीके राउत अब बन्ने एकता पश्चात् नयाँ पार्टीको मुख्य अध्यक्षको भूमिका देखिने गरी सहमति भएको बताएको छ। भने नाउपाको हालको अध्यक्ष रञ्जिता श्रेष्ठ भने नयाँ बन्ने पार्टीको सहअध्यक्ष रहने गरी र रेशमलाल चौधरी भने नयाँ एकताको स्वरूप बनिएको पार्टीको मुख्य संरक्षणको रूपमा रहनेगरी विशेष छलफल भएको जानकारीमा आएको छ।
नाउपाका पार्टी संरक्षक रुपमा रहेका चौधरीले अब भन्ने नयाँ पार्टीको नामकरणमा भने “नागरिक जनमत पार्टी” रहनेगरी प्रस्ताव गरेकोमा जनमत पार्टीका प्रवक्ता एवंम् एकताका लागि गठन गरिएको कार्यदलका सदस्य शरदसिंह यादवले उक्त नामाकरणलाई सहमतिको विचारमा सकारात्मक धारणा राखेको बताएको छ।
नयाँ एकीकृत पार्टीले नाउपाको चुनाव चिन्ह ढकियालाई नै चुनाव चिन्ह बनाउने गरी विशेष छलफल भइरहेको बताएका छन्।
अब बनेर आउने एकताको स्वरूपमा देखिने नयाँ पार्टीले छिट्टै सहमतिमा पुग्ने गरी दुवै पक्षमा प्रस्ताव लगेर छलफलको विषय भइरहेको नाउपाले बनाएको कार्यदलका संयोजक गंगाराम चौधरीले बताए।