गुलाबको सुवासमा तिमीलाई सम्झन्छु,
मायाको रंगमा तिमीलाई सजाउँछु।
तारा जस्तै टल्कियोस् तिम्रो नाम,
हर साँझ, हर बिहान तिमीलाई गुनगुनाउँछु।
मुस्कान तिम्रो फूलको सुवास जस्तै,
नजर तिम्रो प्रेमको मिठास जस्तै।
बिहानीको हावा बनि आऊ कहिले,
मायाले भरिएको शितल आस जस्तै।
लेखकः मिलन भट्टराई