काठमाडौँ। नेपाल आयल निगमले पुन:फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले सोमबार मध्यराति १२ बजेदेखि पूर्णरूपमा लागू हुने गरी डिजेल मट्टी तेल र हवाई इन्धनको मूल्यमा केही समायोजन गरी मूल्य घटाएको जानकारी दिएको छ।
निगमले घटाएको मूल्य समायोजन गरेअनुसार डिजल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ तथा हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ७ रुपैयाँका दरले घटाएको जानकारी दिएको छ। जस अनुसार नयाँ मूल्यमा अब तेस्रो वर्ग अन्तर्गत काठमाडौँमा डिजेल र मट्टीतेल प्रति लिटर १४९ र हवाई इन्धन आन्तरिक तर्फ १२५ रूपैयाँको दरले मूल्य समायोजन गरिएको छ।