दमनको कम भयो
दमन चाइयो हामीलाई ।
एक लौटे शासन थियो
नागरिक बोल्न मिल्थिएन
अब अब हामीलाई राजा चाइयो।
राजाका नातेदारले जे गर्दा नि
बोल्न,लेख्न मिल्थिएन।
अहिले जे पनि बोल्न मिल्छ
हामीलाई फेरि दमन चाइयो।
पढाउने तलब ३० रुपैयाँ थियो
राजा महाराजाले भारतबाट केटी
मङ्गाएर नाङ्गो नचाउदा लाखौं खर्च गर्थे
कानुन लाग्दैन थियो।
राजाको सन्तानले मान्छे मारे कानुनी थिएन
जनताले आवाज उठाउन मिल्दैन्थ्यो।
जनताका छोराछोरी,राम्रो पढ
जिब्रो काटिन्थ्यो,राम्रो लेखे औंला
काटिन्थ्यो।
तल्लो बर्गको छोरी राम्रो देखे
बलात्कार गरिन्थ्यो।
त्यो शासन हट्यो हामीलाई
राजा चाइन्छ।
राजाको पालामा हजुरबुबाले
जुत्ता,चप्पल देख्नु भएन
राम्रो कपडा देख्नुभएन
बजार देख्न पाएन।
रमाइलो के हो?थाहा भएन।
भात,मासु खान दशै तिहार कुर्नु पर्थ्यो।
हामीलाई राजा चाइयो।
बिरामी हुँदा हस्पिटल थिएन
सिटामन केहो.?थाहा थिएन
गाडीघोडाका के कुरा गर्ने
नामनिशाना नै थिएन ।
राजाले प्रयोग गर्न चाहे भने
काठमाडौं नेवार ,मकवानपुर तामाङलाई
हिड्ने बाटो थिएन,ब्याउली बनाएर
दरवारमा पुर्याउनु पर्थ्यो।
हामि न्याय बढि भो
राजा चाइयो।
दमन कम भयो
अत्याचार कम भयो
शासन कम भयो
हामीलाई राजा चाइयो।
लेखकः युवा संगठन नेपाल गण्डकी प्रदेश इन्चार्ज विवेक सी