काठमाडौँ। नेपाली सुन चाँदी बजारमा फेरि आज सुनको भाउ कीर्तिमान भएको छ। सुनको भाउ आज एकै दिन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्न गएको हो। जसअनुसार सुनको भाउ आज प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाली सुनचादी व्यवसायी महासङ्घले जनाएको छ।
गएको चैत्र ३१ गते भने सुनको भाउ तोलाको १ लाख ८६ हजारमा कारोबार भएको थियो।
यस्तै आज फेरि चाँदीको भाउमा पनि मूल्य बढेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउमा भने तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।