काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न मौसमविद हरिप्रसाद दाहाल द्वारा जारी सूचनामा भनिएको छ।
मौसमविद दाहालले आफ्नो स्थानीय क्षेत्रमा मौसमको अवस्था कस्तो रहने भन्ने बारेमा जानकारीको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट https://www.dhm.gov.np वा सामाजिक सञ्जाल हेर्न र ११५५ मा फोन गरेर सोध्नपनि जारी सूचनामा अनुरोध गरिएको छ।