काठमाडौँ। फिफा विश्वकप विजेता, ब्राजिलका पूर्व डिफेन्डर तथा विश्व फुटबलका आइकन रोबर्टो कार्लोस नेपाल सुपर लिग (NSL) सिजन ३ को क्वालिफायर २ हेर्न विशेष अतिथिको रूपमा नेपाल आइपुगेका छन्।
दशरथ रंगशालामा आयोजना हुने खेलमा उपस्थित भई उनले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय चमक थपेका छन्।