अछाम। अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागिले ठूलो क्षति भएको छ। साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट विद्युत सर्ट भई बिहान करिब ३:३० बजे सल्किएको आगोले आसपासका १० वटा पसललाई पूर्ण रूपमा जलाएर नष्ट गरेको छ।
आगो होटलबाट सुरु भई छेउछाउका किराना, कपडा, मोबाइल र फलफूल लगायतका पसलहरूमा समेत फैलिएको थियो। आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरे पनि वारूणयन्त्र (दमकल) को अभावले ढिलाइ भएको कुरा अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी गराउनु भएकोछ।
प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम गरिरहेको छ।यसअघिपनि चैत्र २६ गते जयगढ बजारमा यस्तै आगलागी हुँदा ३५ वटा पसल जलेर करोडौँको क्षति भएको थियो।