• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   सोमबार, जेठ ०६, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
  • ६ घण्टा अगाडि

तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
  • ६ घण्टा अगाडि

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
  • २१ घण्टा अगाडि

झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने
  • २ दिन अगाडि

मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन
  • २ दिन अगाडि

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाईते
  • २ दिन अगाडि

दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै
  • २ दिन अगाडि

भारत–पाकिस्तान तनाव मत्थर भएसँगै रोकिएको आईपीएल क्रिकेट आजदेखि पुनः सुरु
  • २ दिन अगाडि

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न
  • २ दिन अगाडि


आज मातातिर्था औसी आमाको मुख हेर्ने दिन

  •  मिलन भट्टराइ
  • आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित

    झापा। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।

    शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

    सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

    सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उनले बताए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

    दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।

    यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ।

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
    तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
    सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
    • भर्खरै
    • चर्चित
    • १. सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

    • २. तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

    • ३. सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

    • ४. झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने

    • ५. मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन

    • १. जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

    • २. प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

    • ३. उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

    • ४. धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

    • ५. मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

    • ६. ६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरणसँगै विद्यालय अनुगमन अभियान उद्घाटन

    • ७. दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै

    • ८. फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

    • ९. भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

    • १०. सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys