• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   सोमबार, जेठ ०६, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
  • ७ घण्टा अगाडि

तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
  • ७ घण्टा अगाडि

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
  • २२ घण्टा अगाडि

झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने
  • २ दिन अगाडि

मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन
  • २ दिन अगाडि

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाईते
  • २ दिन अगाडि

दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै
  • २ दिन अगाडि

भारत–पाकिस्तान तनाव मत्थर भएसँगै रोकिएको आईपीएल क्रिकेट आजदेखि पुनः सुरु
  • २ दिन अगाडि

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न
  • २ दिन अगाडि


अभियान समितिद्वारा सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाइयो

  •  रेडियो भरोसा अनलाइन
  • मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित

    मकवानपुर । हेटौंडा-१ चौकिटोलमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियान समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । समितिले आज हेटौंडा उपमहानगरपालिका, भूमी आयोग र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र बुझाएको हो ।

    जिल्लाका आम नागरिकहरूको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने, सरकारबाट प्राप्त स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधाहरू सहज रूपमा आम जनतामा पुर्‍याउने उद्देश्यले स्थापित सामाजिक अभियान समितिले प्रेस विज्ञप्ति मार्फत स्वास्थ्य क्षेत्रका लागि भनी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकाको उपस्थितिमा नापजाँच गरी छुट्याइएको सरकारी जमिनमा पुनः कागजी किनबेच, संरचना निर्माण, घेराबार जस्ता कार्यहरू भइरहेकाले उक्त आपत्तिजनक र गैरकानुनी कामलाई रोकि सार्वजनिक सम्पत्तिलाई पुनः सरकारकै मातहतमा सुरक्षित राख्न ध्यानाकर्षण गराएको छ ।

    अभियान समितिले जनताको संवेदनशील अधिकार स्वास्थ्यसेवाको क्षेत्रमा भइरहेका चरम लापरबाही, विभिन्न स्वार्थप्रेरित तथा नियोजित अनुचित क्रियाकलाप, आर्थिक अनियमितता र अन्य विकृतिहरूको विरुद्धमा निरन्तर रूपमा चेतना फैलाउने, समन्वय गर्ने, वार्ता, खबरदारी लगायत विविध दवाब सृजना गर्दै आएको कुरा पत्र मार्फत स्मरण गराएको छ । त्यस्तै “राज्य सरकारभन्दा माथि कोही हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ । राष्ट्रले प्रयोग गर्ने छाप, निशान र चिन्हहरू राज्यको गरिमाका प्रतीक हुन् । कुनै पनि संस्था वा समूहले ती प्रतीकहरूसँग समान व्यवहार गरी राज्यको हैसियतसँग तुलना गर्नु वा प्रतिस्पर्धा गर्नु न केवल कानुनी उल्लङ्घन हो, बरु राज्यको सम्मान र शासन व्यवस्थामाथिको गम्भीर उपहास समेत हो ।” भनी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

    त्यसैगरी ध्यानाकर्षण पत्रमा लेखिएको छ कि लालपुर्जा अर्थात् धनीपुर्जा सम्पत्तिको कानुनी मान्यता हो, जुन नेपाल सरकारले विधिसम्मत रूपमा प्रदान गर्ने गर्दछ । हेटौंडा अस्पतालको नाममा रहेको धनीपुर्जा समेत राज्यको आधिकारिक दस्तावेज हो । सो दस्तावेजलाई बेवास्ता गर्दै विधि र कानुनभन्दा माथि आफूलाई राख्ने प्रयत्न गैरकानुनी, अमर्यादित र अस्वीकार्य कार्य हो । यस किसिमको कार्यले राज्य व्यवस्था र जनताको सामूहिक सम्मानमाथि प्रश्नचिन्ह उठाउँछ ।

    यसर्थ स्थानीय प्रशासन ऐनअनुसार सरकारी सम्पत्ति संरक्षणको जिम्मेवारी स्थानीय तह, जिल्ला प्रशासन कार्यलय तथा प्रदेश सरकारको हुने कुरा स्मरण गराउँदै अभियानको तर्फबाट निवर्तमान संयोजक प्रकाश पौडेल, पूर्वमुख्यमन्त्री डी. एम. पौडेलको समन्वयमा एक वर्षको अवधिमा रेडक्रसद्वारा चर्चिएको हेटौंडा अस्पतालको दक्षिणपूर्व कुनामा अवस्थित संरचना हटाउने तथा अस्पतालको उत्तरपूर्वी भागमा रहेको तरकारी बजार र बाइपास सडकसँग जोडियको करिब ५ बिघा १० कठ्ठा जमिन अतिक्रमन प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिकाको उपस्थितिमा नापजाँच गरी हटाइएको थियो । हाल उक्त जमिनमा पुनः कागजी किनबेच, संरचना निर्माण, घेराबार जस्ता कार्यहरू भइरहेकोले सार्वजनिक रुपमा रहेको सरकारी सम्पत्ति पुनः सरकारकै मातहतमा सुरक्षित राख्न सम्बन्धित निकायमा अभियान समितिले पत्रमार्फत गम्भीर ध्यानाकर्षण गराएको हो ।

    उक्त जग्गामा रेडक्रस भवन, सवारी पार्किङ, बिरामी कुरुवा भवन, स्वास्थ्य निर्देशनालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता सार्वजनिक उपयोगका संरचनाहरू स्थापना गरी शिक्षण तथा सेवा प्रदान गर्ने कार्य राज्यकै स्वामित्वमा गरियोस् अभियान समितिले पत्र मार्फत आग्रह गरेको छ । साथै समाजमा भइरहेका अनुचित कार्यहरूको जानकारी सम्बन्धित निकायमा जानकारी गराउनु समितिको कर्तव्य भएको भन्दै प्रदेश सरकार, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले नागरिकको हित र संविधानको मर्मअनुसार काम गर्ने कुरामा विश्वस्त रहेको कुरा पनि पत्रमा उल्लेख गरिएको छ ।

    मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
    तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
    सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
    • भर्खरै
    • चर्चित
    • १. सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

    • २. तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

    • ३. सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

    • ४. झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने

    • ५. मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन

    • १. जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

    • २. प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

    • ३. उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

    • ४. धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

    • ५. ६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरणसँगै विद्यालय अनुगमन अभियान उद्घाटन

    • ६. मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

    • ७. दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै

    • ८. फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

    • ९. भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

    • १०. सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys