रौतहट। मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीले आफ्नो अनुसन्धानमा केही खुलाउन सकेका छैनन् । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच निवासी दिपेन्द्रप्रसाद कुशवाहाको `बुलु´ रङ्गको अपाचे (RTR) मोटरसाइकल चोरी भएको छ।
मधेस प्र.०३-०२४ प ५२६६ नम्बरको मोटरसाइकल करिब १५ दिन बितिसक्दा पनि मोटरसाइकल बारे धनिले केही थाहा पाउन सकेका छैनन् । नेपाल बैंकको कर्मचारी कुशवाहाले बितेको बैशाख २ गते आफ्नो घरमा मोटरसाइकल राखेका थिए। सोही दिन सो टोलमा हरिन्द्र साहको छोरीको विवाहका लागि टेन्ट सजावटको काम टेन्टका लेवरहरु करिब २ बजे रातीसम्म काम गरेको र उनीहरु काम गर्ने समयसम्म मोटरसाइकल त्यही रहेको तथा काम गर्दागर्दै टेन्टका लेवरहरुले नै मोटरसाइकल चोरी गरेको आरोप मोटरसाइकल धनी कुशवाहाले लगाएका छन् ।
कुशवाहाले आफ्नो चोरी भएको मोटरसाइकल खोजी गर्दिन ईलाका प्रहरी कार्यालय देवाही गोनाहीमा जाहेरी समेत दिएको बताए । तर जाहेरी दिएको पनि आज लगभग १५ दिन भयो । तर प्रहरीले मेरो मोटरसाइकल पाता लगाउन सकेन । न त कसैलाई नियन्त्रणमा लि सोधपुछ गरेका छन् न त मेरो मोटरसाइकल बारे कुनै नयाँ अपडेट नै दिएका छन् भन्दै पीडित कुशवाहाले दुख पोखेका छन्।
उनले ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले कार्यालयमा नै बसेर अनुसन्धानको नाममा समय यतिकै फालिरहेका आरोप समेत लगाएका छन् । सोही घटना बारे ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख स्पेक्टर कमल लुङ्गेलका अनुसार मोटरसाइकलको खोज तिव्र रूपमा भइ रहेको तथा अनुसन्धानको क्रम जारी रहेको बताएका छन्।