मोरङ। मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलमा १ जना युवक बुधबार बिहान मृत फेला परेका छन्। युवकको शवनजिकै उनी आफैंले चलाउँदै आएको को २१ प १६५६ नम्बरको मोटरसाइकल पनि भेटिएको छ ।
धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सडकदेखि करिब ३ मिटर तल नालामा उनी मृत भेटिएका हुन् । मण्डल मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।