झापा। झापाको भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलीप राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ साढे ७ बजेको समय मेची राजमार्गको बनियानी–भद्रपुर सडक खण्ड अन्तरगत भद्रपुर- २ स्थित हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे १ च ५४४७ नम्बरको पिकअपले ठक्कर दिएको थियो ।
दुर्घटना परी घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । यता प्रहरीले दुवै सवारीसाधनसहित पिकअप चालक भद्रपुर-३ का ४४ वर्षीय पङ्कज सुवेदीलाई नियन्त्रणमा लिएको छ ।