• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   सोमबार, जेठ ०६, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
  • ६ घण्टा अगाडि

तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
  • ६ घण्टा अगाडि

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
  • २१ घण्टा अगाडि

झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने
  • २ दिन अगाडि

मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन
  • २ दिन अगाडि

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाईते
  • २ दिन अगाडि

दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै
  • २ दिन अगाडि

भारत–पाकिस्तान तनाव मत्थर भएसँगै रोकिएको आईपीएल क्रिकेट आजदेखि पुनः सुरु
  • २ दिन अगाडि

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न
  • २ दिन अगाडि


उडिसाकै केआईआईटीमा अर्की नेपाली छात्रा मृत फेला

  •  रेडियो भरोसा अनलाइन
  • शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित

    भारत। भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयमा बिहीवार साँझ फेरि अर्को नेपाली छात्रा मृत भेटिएकी छन् । कीट विश्वविद्यालयमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत छात्रा १९ वर्षीया प्रिशा साह विश्वविद्यालयकै `क्यु सि ४´ छात्रवासको कोठामा बिहीवार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

    साह वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी श्याम साहकी छोरी हुन् । साहको स्थायी घर भने सर्लाहीको मलंगवा हो।मृतक प्रिशाका भाइ गौरव साहले बिहीवार राति ९ बजेतिर कलेज प्रशासनले घरमा फोन गरेर प्रिशाको मृत्यु बारे जानकारी दिएको बताए । गौरबका अनुसार बिहीबार दिउँसो ३ बजेतिर कलेजबाट प्रिशाले घरमा फोन गरेर आफू मे १८ तारिखमा विदामा घर आउने जानकारी गराएकी थिइन्।

    प्रिशा एक वर्षअघि बिटेक अध्ययनका लागि कीट विश्वविद्यालय गएकी भाइ गौरबले बताए।विश्वविद्यालयमा बीटेक पहिलो वर्षमा अध्ययनरत छात्रा प्रिशा साह झुन्डिएर मृत अवस्थामा भेटिएको भारतको दिल्लीस्थित नेपाली दूतावासले पनि पुष्टि गरेको छ। कलेज प्रशासनले घटनाबारे नेपालमा रहेका मृतकका परिवारजनलाई खबर गरिसकेको र उनीहरू कलेजमा आएपछि मात्रै शवको पोष्टमार्टम गरिने जानकारी गराएको नेपाली दूतावासले जनाएको छ।

    यसअघि गत फागुनमा पनि नेपालको बुटवलकी छात्रा २० वर्षीया प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । त्यसबेला विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालयका कर्मचारी र सुरक्षागार्डहरुले नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालेर धपाएका थिए । त्यहाँबाट कुटपिट गरेर धपाइएका ५ सय बढी विद्यार्थीहरू वीरगन्ज नाका हुँदै घर फर्किएका थिए ।

    त्यसको चौतर्फी आलोचना र विरोध भएपछि विश्वविद्यालयले माफी मागेर नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्किन आह्वान गरेको थियो । प्रकृति लम्सालको मृत्युको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । ओडिसा राज्य सरकारले समेत उक्त घटनाको उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो ।

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
    तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
    सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
    • भर्खरै
    • चर्चित
    • १. सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

    • २. तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

    • ३. सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

    • ४. झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने

    • ५. मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन

    • १. जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

    • २. प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

    • ३. उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

    • ४. धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

    • ५. मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

    • ६. ६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरणसँगै विद्यालय अनुगमन अभियान उद्घाटन

    • ७. दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै

    • ८. फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

    • ९. भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

    • १०. सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys