हेटौंडा। जनता समाजवादी (जसपा) नेपाल मकवानपुरले आज हेटौंडाको बुद्धचोकमा दीप प्रज्वल कार्यक्रम सम्पन्न गरेको छ। नेवार तामाङ भाषालाई सरकारी कामकाजीको भाषा दिवसको अवसर पारी जसपा नेपालले आज बुद्धचोकमा पुगेर दीप प्रज्वलन कार्यक्रम गरेको हो।
उक्त दीप प्रज्वलन कार्यक्रममा सहभागी उपस्थित जिल्ला र केन्द्रीय सदस्य नेताहरूले अहिले जसरी सरकारी कामकाजमा नेवार र तामाङ भाषालाई जुन किसिमले प्राथमिकता दिएको छ त्यो व्यवहारिकतामा खासै नदेखेको आफ्नो भनाइ उल्लेख गरेका छन्।
राज्य जसरी जनतामुखी हुनुपर्ने हो त्यो खासै नभैदिएको कारण अहिले जनताले दुःख पाइरहेको छ,जनतामाथि राज्यले दमन शोषण विभेदपूर्ण कार्य गर्नाले जुन व्यवस्था जसरी ल्याएपनि त्यो खासै फलदायी नरहेको उपस्थित नेताहरूले आफ्नो भनाइ राखेका हुन् ।
दिप प्रचलन कार्यक्रममा सहभागी हुने नेताहरूमा ताम्सालिङ राष्ट्रिय समिति सदस्य जीवन पाख्रिन,केन्द्रीय सदस्य मेजरमान मोक्तान र जिल्ला अध्यक्ष उत्तम गोम्जा लगायतका अन्य नेताहरू पनि उपस्थित भएका थिए।
साथै दिप प्रज्लन कार्यक्रमलाई समापन भने पार्टी अध्यक्ष गोम्जाले गएका थिए।