राक्सिराङ । नेकपा राक्सिराङ गाउँपालिका समितिको पहलमा आगलागी पिडित दुई परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ । पालिका इन्चार्ज सौगात सी समाज र सेक्रेटरी अनिल सीको पहलमा पिडित परिवारलाई खाद्य सामाग्री उपलब्ध गराइएको हो ।
राक्सिराङ गाउँ पालिका वाड नम्बर ७ शासिराङँ निवासी सुप्प बहादुर प्रजा र छोरा चन्द्र बहादुर प्रजाको २ वाट घर आगो लागि हुँदा खाद्य सामग्री र जिन्सि सामान तथा नगद सबै जलेर नष्ट भएको थियो । घरमा भएका सबै सम्पत्ति जलेर नष्ट भएपछी विचल्ली भएका दुई परिवारलाई नेकपा राक्सिराङ समितिको पहलमा रु. १८,००० बराबरको खाद्य सामाग्री उपलब्ध गराइएको हो ।
वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका रमेश मोक्तान र राम नन्द लामा सहित सौगात सी समाजले संयुक्त रुपमा सहयोग उपलब्ध गराएका हुन् । सहयोग हस्तान्तरणका लागि नेकपा राक्सिराङका सेक्रेटरी अनिल सी र टंक बहादुर ठाकुररामले सहजीकरण गरेका थिए । संकलित खाद्यान्न सहयोग हस्तान्तरण वैशाख २२ गते सोमबार गरेका हुन् ।