Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
12:16 PM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

नेपालयको २०औँ वार्षिकोत्सव : दुई दिने विशेष पुस्तक मेलासँगै लेखक भेटघाट

रेडियो भरोसा अनलाइन
बैशाख २५, २०८२ मा प्रकाशित
Share:

काठमाडौँ। पब्लिकेसन नेपालयले आफ्नो स्थापनाको २०औँ वर्षगाँठको अवसर पारेर विशेष छुटसहितको पुस्तक मेला आयोजना गर्ने भएको छ। संस्थाले आफ्ना प्रकाशनहरूमा अधिकतम ६० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ।

यही वैशाख २७ र २८ गते, शनिबार र आइतबार, काठमाडौंको कालिकास्थानस्थित नेपालयको कार्यालयमा आयोजना हुने मेलामा पाठकहरूले आफ्ना प्रिय लेखकहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर समेत पाउनेछन्। पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले पाठकहरूले आफ्ना रुचाइएका पुस्तकहरू एकै स्थानमा छुट मूल्यमा प्राप्त गर्न सकून् र लेखकहरूसँग साक्षात्कार गर्न पाऊन् भन्ने उद्देश्यले यो पुस्तक मेला आयोजना गरिएको बताइन्।

‘हाम्रो पहिलो प्रकाशन ‘पल्पसा क्याफे’ले पाठकहरूको अथाह माया पायो,’ उनले भनिन्, ‘२० वर्षदेखि प्राप्त यस स्नेहको सम्मान गर्दै हामी आफ्नै कार्यालय परिसरमा पुस्तक मेला आयोजना गरी पाठकहरूलाई सुखद अनुभव दिलाउन आतुर छौँ।’उक्त पुस्तक मेलामा नेपालयबाट प्रकाशित ३० भन्दा बढी पुस्तकका लेखकहरूको उपस्थिति रहने जानकारी मास्केले दिइन्। ‘अच्युतकृष्ण खरेल, अरुणा उप्रेती, आनी छोइङ डोल्मा, आभास, कालीप्रसाद रिजाल, किशोर थापा, कुमार नगरकोटी, गणेशप्रसाद लाठ, गिरीश गिरी, जीवनकुमार प्रसाईँ, जेबी दर्लामी, तारानिधि भट्टराई, तुलसी भट्टराई, दिनेश अधिकारी, दुर्गा कार्की, नारायण वाग्ले, निमानन्द रिजाल, पद्मसुन्दर जोशी, महेशराज पन्त, लुज माथेमा, विप्लव प्रतीक, श्रवण मुकारुङ, सुदीप श्रेष्ठलगायत लेखकहरूसँग भेटघाट तथा कुराकानी गर्ने यो दुर्लभ अवसर हुनेछ,’ उनले थपिन्, ‘लेखकहरूसँगको भेटघाट निःशुल्क हुनेछ भने पुस्तकहरूमा ५० प्रतिशतसम्मको विशेष छुट उपलब्ध हुनेछ।’

दुई दिने पुस्तक मेलाको शुभारम्भ लेखक जीवनकुमार प्रसाईँको पाँचौँ कृति ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’को लोकार्पणबाट हुनेछ। शनिबार बिहान ९ बजे पुस्तक मेला स्थलमै उक्त पुस्तकको विमोचन कार्यक्रम राखिएको छ। १० वर्षअघि नेपालयबाटै प्रकाशित प्रसाईँको कृति ‘जीवन जिउने काइदा’ पाठकहरूमाझ निकै लोकप्रिय रहेको थियो। पुस्तक मेलाको समापन भने विशेष काव्य अनुष्ठानका साथ हुनेछ।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys